तीनधारेमा स्व. फारछिन तामाङ स्मृति कवि गोष्ठी

खरसाङ : साहित्य कला संस्थान तीनधारेको आयोजनामा तीनधारेमा स्व. फारछिन तामाङ स्मृति कवि गोष्ठी सम्पन्न भयो। साहित्य कला संस्थान तीनधारेको सभापति रञ्जन कुमार रसाईलीको अध्यक्षता र वरिष्ठ साहित्यकार विन्ध्या सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कवि गोष्ठीमा कविहरूले आ-आफ्ना कविताहरू पठन गरे। गीतकार सुकुमार बराईलीद्वारा सञ्चालन गरिएको कार्यक्रममा स्वागत सम्भाषण साहित्य कला संस्थानका सचिव सन्तोष लामाले राखेका थिए। उक्त कवि गोष्ठीमा कविहरूमा हनोक थापा, दिवस प्रधान, आलन्ती सिंह, नवराज राई, योगेस शर्मा, अभिजित शर्माअनिल ब्राह्मण, अनुराधा ब्राह्मण, बरूण रसाईली, मञ्जु शर्मा, युवराज सुन्दास, सुवास बान्तावा, रचयिता छेत्री, मिलन प्रधान आदिले आ-आफ्ना कविताहरू पठन गरे। उक्त कवि गोष्ठी तीनधारे चियाबारी निवासी कञ्चन तामाङ र निङमा बम्जनकी स्वर्गीय सुपुत्री फारछिन तामाङको स्मृतिमा राखिएको थियो। फारछिन तामाङको जन्म 2 फरवरी 2000 मा भएको थियो भने 19 वर्षको कलिलो उमेरमै दोस्रो वर्षमा कलेज पढिरहेको समय 1 नोभेम्बर 2019 को दिन असामयिक निधन भएको थियो। फारछिन तामाङको स्मृतिमा साहित्य कला संस्थानको आयोजनामा उक्त कवि गोष्ठी तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *