तीनधारेमा यसपाली देउसी-भैलो प्रतियोगिता सम्पन्न हुने

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत तीनधारेमा यसपाली देउसी- भैलो प्रतियोगिता आयोजना गर्ने भएको छ। तीनधारेमा रञ्जन कुमार रसाईलीको अध्यक्षता र सन्तोष लामाको सञ्चालनमा सम्पन्न भएको सभामा आज तीनधारेको विभिन्न सङ्घ-संस्थाहरूलाई लिएर देउसी-भैलो प्रतियोगिता आयोजना गरिने निर्णय गरिएको छ। उक्त सभामा नै यसपाली देउसी-भैलो प्रतियोगिता आयोजना गर्नलाई 20 जनालाई लिएर तदर्थ कमिटी देउसी भैलो प्रतियोगिता आयोजक समिति गठन गरिएको छ। उक्त कमिटीमा संयोजकको रूपमा सन्तोष लामा, कोषाध्यक्ष विजय गुरुङलाई चयन गरिएको छ । तीनधारेमा हुने उक्त देउसी भैलो प्रतियोगिताको लागि निर्णायकको रूपमा सुरेन बम्जन, बरूण रसाईली, बिक्रम मंगर, कृष्णराज छेत्री, पूर्ण मास्के, मदनकुमार प्रधानलाई छनौट गरिएको छ। वर्तमान समयमा नानीहरू र युवा पुस्तालाई नेपाली संस्कृति र चाड-बाढ विषयमा जानकारी गराउनको साथै आफ्नो संस्कृति जोगाउन यो प्रतियोगिताको आयोजना गरिएको देउसी भैलो प्रतियोगिता आयोजक समितिका संयोजक सन्तोष लामाले पत्रकारहरूसित कुराकानी गर्दै जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *