तीनधारेमा युवा मोर्चाको सभा सम्पन्न

खरसाङ : युवा मोर्चाका संयोजक साजन दर्जीको नेतृत्वमा तीनधारे गोलाई पाखामा युवा मोर्चा गठन गरियो। सभामा युवा अनि नारी मोर्चाका सदस्यहरू व्यापक रूपमा उपस्थित थिए। सभामा विभन्न विषयमा विचार विमर्श गरियो भने तीनधारे गोलाई पाखाको लागि प्रमोद प्रधानलाई युवा मोर्चाका संयोजकको रूपमा सर्व सहमतिले चयन गरियो। उक्त सभामा गोजमुमो तीनधारेका संयोजक कर्म मोक्तान, नारी मोर्चा महानदी तीनधारे समष्टिका सचिव भगवती प्रधान, युवा मोर्चाका सल्लाहकार सञ्जीब मगर, महकुमा समितिका सदस्य रोशन तामाङ, सुरज प्रधान, युवा मोर्चाका महकुमा समितिका प्रतिनिधि अनिल राई, युवा मोर्चाका सदस्य रोहित दर्जीको विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *