तीनधारे नजिक टोय ट्रेनको लिकमा पैह्रो झरेपछि ट्रेन परिसेवा रद्द

सिलगढी : अत्याधिक वर्षाले गर्दा रङ्टङ तीनधारे नजिक पैह्रो जाँदा एनजेपी दार्जिलिङ टोय ट्रेन परिसेवा आज बन्द रहेको छ। आज सिलगढीदेखि 27 जना यात्रीहरूले टोय ट्रेनमा बुकिङ गरेका थिए भने दार्जिलिङ हिमालयन रेलवेको तर्फबाट उक्त बुकिङ रद्द गरिदिएको छ। अत्याधिक वर्षाले गर्दा पहाडको विभिन्न ठाउँमा पैह्रो गएको छ। सिलगढी-सिक्किमगामी राष्ट्रिय राजमार्गमा पनि पैह्रोले गर्दा यातायात परिसेवा केही समयको लागि बन्द भएको थियो भने उक्त पैह्रो हटाउने कार्य गरेपछि वान वे भएर पुनः वाहनहरूको चलाचल शुरू भएको छ। दार्जिलिङ हिमालयन रेलवेका डाइरेक्टर एके मिश्रले बताएअनुसार रङ्टङ तीनधारे  नजिक पैह्रो गएको खबर सुनेपछि आज टोय ट्रेन परिसेवा रद्द गरिदिएको छ। टोय ट्रेनको लिकमा पैह्रो झरेकोले त्यहाँबाट पैह्रो हटाएर टोय ट्रेनको लिकको जाँच गरेपछि मात्र भोलिदेखि टोय ट्रेन परिसेवा चालू हुन्छ अथवा हुँदैन भन्ने विषयमा जानकारी गराइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *