तीनधारे नाइट फुटबल फाइनलमा टुंग विजय

खरसाङ (निसं) : तीनधारेको क्रिकेट बजारस्थित चिल्ड्रेन पार्कमा गत एक महिनादेखि चलिरहेको नाइट फुटबल टुर्नामेन्टको रोमाञ्चक फाइनल खेल टुंग र थण्डर बोइस टोलीमाझ सम्पन्न भयो। उक्त फाइनल खेलमा टुंगले थण्डर बोइसलाई 4 -2 गोलको अन्तरले पराजित गरेर फाइनल खेल जित्न सफव बनेको छ। फुटबल फाइनल खेलमा मुख्य अतिथिको रूपमा तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिहरू सञ्जीव मंगर लगायत तीनधारे क्रिकेट बजार क्षेत्रबाट ग्राम पञ्चायत चुनाउमा उठेका सबै प्रार्थीहरू उपस्थित रहेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *