तीनधारे स्कुलमा विद्यार्थीहरूलाई रक्तदान तथा स्वास्थ्य सम्बन्धी जन चेतनामूलक कार्यक्रम

तीनधारे (निसं): नवौं अन्तर्राष्ट्रीय विश्व योगा दिवसको अवसरमा आज गोर्खा च्यारिटेबल हस्पिटल अनि हिमालयन वेल्फेयर अर्गनाइजेसनको संयुक्त पहलमा तीनधारे बोइज हायर सेकेन्डरी स्कुलमा रक्तदान तथा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरियो। स्कुलको दशौ, एघारौं र बाह्रौं श्रेणीमा अध्ययनरत् नानीहरुलाई लिएर उक्त कार्यक्रमको आयोजना गरिएको थियो। यस अवसरमा गोर्खा च्यारिटेबल हस्पिटलका महासचिव सुरेन प्रधानले स्कुलका विद्यार्थीहरूलाई स्वास्थ अनि रक्तदान सम्बन्धी महत्वपूर्ण जानकरी दिए। तिनले रक्तदान किन गरिन्छ र रक्तदान गर्नाले मानिसलाई के- कस्तो लाभ हुन्छ अनि कसरी हामी स्वास्थ रहन सकिन्छ भन्ने बारेमा विस्तृत रूपमा अवगत गराउँदै एक वर्षमा एकजना स्वस्थ मानिसले चार पल्टसम्म रक्तदान गर्न सकिने जानकारी गराए। कार्यक्रममा स्कुलका शिक्षिका श्रीमती रञ्जना प्रधान छेत्री, श्रीमती ज्योती मुखिया, श्रीमती इन्दु शर्मा, सुकराज छेत्री उपस्थित थिए भने आयोजकको तर्फबाट सुरेन प्रधान लगायत तीनधारेका चिफ को-अर्डिनेटर नर्साङ वाइबा र विशाल प्रधान उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *