तीन दिने दार्जिलिङ भ्रमणमा आइपुगे केन्द्रीय पर्यटन मन्त्री प्रह्लाद सिंह पटेल

सिलगढी : केन्द्रीय पर्यटन मन्त्री प्रह्लाद सिंह पटेल तीन दिने दार्जिलिङ भ्रमणको लागि विमानमार्फत् आज बाघडुग्रा हवाईअड्डा आइपुगेका छन्। तिनीसित दार्जिलिङका सांसद राजु विष्ट पनि उपस्थित थिए। प्राप्त जानकारीअनुसार केन्द्रीय पर्यटन मन्त्री प्रह्लाद सिंह पटेलले आज पहाड र समतलका दलीय नेतृत्वहरूसित बैठक गर्ने भएका छन्। यस अवसरमा गोजमुमो अध्यक्ष बिमल गुरूङबारे प्रश्न गर्दा तिनले कुनै उत्तर दिन चाहेनन्। दलीय कार्यक्रममा अंश ग्रहण गर्नको लागि आफू दार्जिलिङ भ्रमणमा आएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *