तीनदिने दार्जिलिङ पुष्प उत्सव आजदेखि आरम्भ

दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सहयोगमा ठकुरी नर्सरी अनि सोनादा फ्लोरिकल्चर एसोसिएसनको संयुक्त तत्वावधानमा आजदेखि दार्जिलिङको चौरस्तामा तीनदिने दार्जिलिङ पुष्प उत्सव आरम्भ भयो। उक्त उत्सवको विधिवत उदघाटन मुख्य अतिथि तथा जीटीए सूचना एवम् सांस्कृतिक विभागका कार्यकारी सभासद अनोश थापाको बाहुलीद्वारा गरियो। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा विभागका सहनिर्देशक भानुकान्त घिसिङ, संगीतकार बसन्त छेत्री, एडभेञ्चर टुरिज्मका दावा शेर्पा आदि उपस्थित थिए।


आगामी 23 अक्टोबरसम्म चल्ने उक्त पुष्प उत्सवमा ठकुरी नर्सरी लगायत अन्य फूल कृषकहरुद्वारा विशेष गरेर गोदावरीका विविध प्रकारसँगै अन्य विभिन्न प्रजातिका पौधाहरु प्रदर्शनीसँगै बिक्रीको लागि राखिएको छ। यसैगरी, रिम्बिक फ्रेस लगायत अन्य बिक्रेताहरुद्वारा पनि पुष्प उत्सवमा स्थानीय उत्पादहरु बिक्री गर्नका लागि स्टल लगाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *