तृणमूल वार्ड पार्षदलाई प्राणघातक हमला गरेको आरोपमा युवक पक्राउ, आफुलाई फँसाएको आरोपीको दावी

सिलगढी: तृणमूल पार्टीका युवा कार्यकर्ताले आफ्नै 47 नम्बर वार्डका पार्षद अमर आनन्द दासलाई कुटपिट गर्नको साथै प्राणघातक आक्रमण गरेको आरोपमा पुलिसले एकजना व्याक्तिलाई पक्राउ गरेको छ। सिलगढी प्रधान नगर थाना पुलिसले गत राति आरोपी तृणमूल युवा कार्यकर्ता राना दे सरकारलाई पक्राउ गरेको छ। प्रधान नगर थाना पुलिसले तृणमूल कङ्ग्रेसका युवा कार्यकर्ता राणा दे सरकार माथि धारा 447, 323, 353, 354, 506, 379, 34 आईपीएस धाराहरू अन्तर्गत मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गऱ्यो। उल्लेखनीय रहोस, साफ-सफाईलाई लिएर गत सोमवार वार्ड पार्षद र राणा दे सरकार माझ पहिला भनावैरी अनि त्यसपछि कुटपिट भएको बताइएको छ। पार्षदले लगाएको आरोप अनुसार वार्डमा विकास सम्बन्धी विषयलाई लिएर आफ्नो वार्ड कमिटीका सदस्यहरूसित बातचित भइरहेको समय राणा दे सरकार तिनको कार्यालयमा प्रवेश गरेर अभद्र व्यवहार गर्नको साथै प्राणघातक हमला गरे। यस घटनाको विरोधमा तिनले प्रधान नगर थानामा लिखित अभियोग दर्ता गरेका थिए। आज थाना लगिरहेको समय आरोपी राणा दे सरकारले पत्रकारहरू समक्ष आफुमाथि वार्ड पार्षदले लगाएको आरोप झुटो रहेको बताएका छन्। वार्डमा सफाइ विषय लिएर कुराकानी गर्न वार्ड पार्षदको कार्यालयमा गएको समय तिनले आफुसित अभद्र भाषामा कुरा गरेपछि तिनले धक्का दिएर आफुलाई बाहिर निकालेको बताए। तिनले आफ्नो बहिनीसित समेत पार्षदले अभद्र व्यवहार गरेको आरोप लगाउनको साथै पार्षदले उल्टै आफुलाई झुटो मामिलामा फँसाएको तिनको भनाई रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *