टिन नम्बरविहीन टोटो चालकहरूले नम्बर भएको टोटो-लाई रोकेर गरे प्रदर्शन

सिलगढी : सिलगढीको मुख्य सडकमा गत 1 जनवरीदेखि टीन नम्बरविहीन टोटोको चलाचल बन्द गरेपछि यसलाई लिएर टोटो चालकहरूले लगातार विरोध प्रदर्शन गरिरहेका छन्। यसै क्रममा आज सिलगढीको डागापुर रूटमा स्थायी नम्बरविहीन टोटो चालकहरूले विरोध प्रदर्शन गरे। यस अवधि सिलगढी डागापुरदेखि दार्जिलिङ मोड़ रूट भएर चलाचल गर्ने टिन नम्बरविहीन टोटो चालकहरूले टिन नम्बर भएको टोटोलाई रोकेर विरोध प्रदर्शन गरे। परिस्थिति अनियन्त्रित बनेपछि ट्राफिक पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याए। टिन नम्बरविहीन टोटोहरूलाई पनि राष्ट्रिय राजमार्ग भएर चलाचल गर्न प्रशासनले अनुमति दियोस् अथवा सबै टोटोको चलाचलमा प्रतिबन्ध लगाओस् भनी तिनीहरूले बताए। तिनीहरूको भनाइ अनुसार आफूहरू भोकै मरिरहेका छौँ अनि अन्य टोटो चालकहरूले सडकमा टोटो चलाइरहेको छ। नियम सबैको लागि समान हुनुपर्छ भनी तिनीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *