तीन नम्बर वार्ड युवा तृणमूल कङ्ग्रेसको तर्फबाट रक्तदान शिविरको आयोजना 

सिलगढी : सिलगढी तीन नम्बर वार्ड युवा तृणमूल कङ्ग्रेसको तर्फबाट सिलगढी तराई लायन्स ब्लड सेन्टरको सहयोगमा रक्तदान शिविरको आयोजना गरियो। उक्त रक्तदान शिविरमा तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरू लगायत साधारण मानिसहरूले रक्तदान गरे भने शिविरमा मोठ 30 युनिट रगत संग्रह गरियो। एक नम्बर टाउन ब्लक तृणमूल कङ्ग्रेसका अध्यक्ष गोपाल साहले कोरोना महामारीले गर्दा अस्पतालहरूमा रगतको कमी नहोस् भनेर राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले युवा कङ्ग्रेसलाई रक्तदान शिविरको आयोजना गर्ने निर्देश दिएकी थिइन्। यसैले आज तीन  नम्बर वार्ड युवा तृणमूल कङ्ग्रेसको तर्फबाट रक्तदान शिविरको आयोजना गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *