तीर्थयात्रीहरूको लागि आईआरसीटीसी-द्वारा विशेष प्याकेजको व्यवस्था

सिलगढी : आईआरसीटीसी-को तर्फबाट स्वदेश दर्शन श्री रामपथ यात्रानाम गरेको एउटा विशेष टुरिस्ट ट्रेन शुरू गरिने भएको छ। आज सिलगढीमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर आईआरसीटीसी-का सदस्यहरूले यसबारे जानकारी दिएका छन्। यस सम्बन्धमा संगठनका विश्व रञ्जन साहाले भने, उक्त ट्रेन आगामी 26 नोभेम्बरमा श्री रामपथ यात्राको लागि अगरतलाबाट प्रस्थान गरेपछि 27 नोभेम्बर बिहान न्यु जलपाईगढी रेलवे स्टेशनमा आइपुग्नेछ। उक्त ट्रेन तीर्थयात्रीहरूलाई अयोध्या, हरिद्वार, ऋषिकेश र वाराणसीको धार्मिक स्थलहरूमा भ्रमण गराउनेछ। उक्त ट्रेनमा स्लिपर कोच र एसी कोच रहनेछ भने ट्रेनमा खानाको व्यवस्था पनि रहनेछ। स्वदेश दर्शन श्री रामपथ यात्रा स्पेशल टुरिस्ट ट्रेनको लागि बुकिङ खोलिसकेको छ भने टिकटको लागि आईआरसीटीसी-को अफिसियल टुरिज्म वेबसाइटबाट अनलाइन बुक गर्न सक्नेछ। पुरा ट्रिप 7 रात र 8 दिनमा समाप्त हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *