टिस्टा क्यानलबाट अज्ञात व्यक्तिको शव उद्धार

फाँसीदेवा (निसं): टिस्टा क्यानलबाट अज्ञात व्यक्तिको शव उद्धार भएको छ। आज फाँसीदेवा थाना अन्तर्गत मोहम्मद बक्स इलाकामा क्यानलबाट उक्त व्यक्तिको शव उद्धार गरिएको छ। स्थानीय सूत्र अनुसार आज स्थानीय मानिसहरूले टिस्टा क्यानलमा एकजना व्यक्तिको शव देखे। यसपछि फाँसीदेवा थानाको पुलिसलाई सूचना दिए। खबर पाउन साथ पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गऱ्यो। यसपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज तथा अस्पताल पठाइदिएको छ। फाँसीदेवा थाना पुलिस सम्पूर्ण घटनाको जाँचमा जुटेको छ।  


 

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *