टीकेकेएस लामागाउँ गोल्डकप च्याम्पियन

बिजनबारी:  प्लेयिङ सेभेन पशुपति नेपाललाई पराजित गरेर तरुण खेलकुद सङ्घ दार्जिलिङले पहाड़कै प्रतिष्ठित फुटबल प्रतियोगिता छैटौं संस्करण लामागाउँ गोल्डकपमा विजयी बनेको छ। लामागाउँ वेलफर सोसाइटीद्वारा स्थानीय खेल मैदानमा विविध रंगारंग कार्यक्रमहरूसहित सम्पन्न फाइनल खेलमा प्लेयिङ सेभेन पशुपति नेपाललाई शुन्यको विरुद्ध एक गोलको अन्तरले पराजित गऱ्यो। विजयी टोलीलाई नगद दुई लाख रूपियाँसहित आकर्षक ट्रफी तथा पराजय टोलीलाई पनि नगद राशिसहित पराजित ट्रफी प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *