टीएमसी अनि गोजमुमो बिमल खेमाको संयुक्त कमिटी गठन

बिजनबारी: टीएमसी दार्जिलिङ पुलबजार खण्ड अनि गोजमुमो बिमल पन्थीको संयुक्त सभा बिजनबारी गोजमुमो बिमल पन्थी कार्यालयमा सम्पन्न भयो। संयुक्त सभामा आउँदो विधानसभा चुनाउमा गोजमुमो प्रार्थीलाई तीनैवटा आसनबाट जिताउनु पर्ने र यसको निम्ति संयुक्त रूपले प्रचारमा उत्रिनु पर्नेबारे छलफल गरिएको गोजमुमो महकुमा सचिव शरण लामा अनि हिल टीएमसी महकुमा महासचिव निर्मल सिंहले बताए। सभामा टीएमसीबाट दार्जिलिङ पुलबजार खण्ड सभापति परवरिश सुब्बा अनि गोजमुमो बिमल पन्थीबाट योगेन्द्र राईलाई संयोजकको रूपमा चयन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *