टीएमसी-को ट्रेड युनियनद्वारा विविध माग लिएर सिन्कोना निर्देशकलाई ज्ञापन

मङ्पु: सिन्कोना निर्देशालयले डाटा एन्ट्री अपरेटर भर्ना झट्ट बन्द गर्नु पर्छ भन्दै आज टीएमसी ट्रेड युनियनको एउटा प्रतिनिधि टोलीले मङ्पुमा सिन्कोना निर्देशकलाई भेटेर एउटा ज्ञापन चढाएको छ। गत 2007 देखि बन्द रहेको सिन्कोना बगान श्रमिकको ग्रुप डी-को पद्धोन्नति झट्ट लागु गरिनपर्छ भन्दै युनियनले बगान निर्देशक समक्ष माग गरेको छ।


यसभन्दा अघि आज 14 वटा बगानबाट आएका सिन्कोना प्लन्टेसन तृणमुल वर्कर्स युनियन प्रतिनिधिहरूले यहाँको निर्माला चोक गोलाईदेखि नालीडाँडा हुँदै सिन्कोना निर्देशालयसम्म सिन्कोना बगान ग्रुप डी-को पद्धोनति झट्टै गरिनुपर्छ साथै सिन्कोना निर्देशालयबाट डाटा एन्ट्री अपरेटर भर्ना झट्ट बन्द गरिनु पर्छ भन्दै नारा लगाएर जुलूस निकाले। आजको डेपुटेशन दिने टोलीमा सिन्कोना प्लन्टेसन तृणमुल वार्कर्स युनियन केन्द्रिय समिति अध्यक्ष सन्तोष खवास, मुल सचिव मुनाल घिसिङ लगायत युनियन प्रतिनिधि बुद्धकुमार मोक्तान तथा अन्य सामेल थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *