टोक्केसहित युवक पक्राउ

जलपाईगढी : वन्य प्राणी बिक्री गर्ने गरेको आरोपमा पुलिसले 35 वर्षीय आशराफुल रहमानलाई पक्राउ गरेको छ। तिनी बहादुर ग्राम पञ्चायतको धनोयापाडा इलाका निवासी रहेको पुलिस सूत्रले जनाएको छ। प्राप्त जानकारीअनुसार जलपाईगढी कोतवाली थाना पुलिसले हिजो सादा पोसाकमा गएर उक्त युवकलाई एउटा टोक्के सहित पक्राउ गरेपछि जलपाईगढी वन विभागलाई सुम्पिदिएको बताइएको छ। वाइल्ड लाइफ एक्ट अन्तर्गत उक्त युवकविरुद्ध मामिला दर्ता गरेको कोतवाली थानाका आईसी विश्वाश्रय सरकारले बताए। आज आरोपी युवकलाई जलपाईगढी अदालतमा पेश गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *