टोक्यो ओलम्पिकमा मीराबाई चानुले दिलाइन् देशलाई पहिलो मेडल

सिलगढी : भारउत्तोलक (वेट लिफ्टर) मीराबाई चानु टोक्यो ओलम्पिकमा देशको निम्ति पहिलो मेडल हत्याउन सफल बनेकी छन्। मणिपुरका मीराबाई चानुले हाल सम्पन्न भइरहेको टोक्यो ओलम्पिकमा वेट लिफ्टिङ 49 केजी-को क्याटेगोरीमा रजत पदक हत्याएकी छन्। उक्त क्याटेगोरीमा चीनका जी हु हो-ले स्वर्ण पदक जितिन्।


चानुले सर्वप्रथम 84 किलो ग्राम र 77 किलो ग्रामको ओजन सहजै उचाल्न सके तापनि यसपछि 89 किलो ग्राम भार उचाल्न नसकेपछि तिनी दोस्रो स्थानमा आएर देशलाई पहिलो मेडल दिलाइन्। स्मरण रहोस्, चानु ओलम्पिक खेलको वेट लिफ्टिङमा पदक जित्ने हालसम्म भारतको दोस्रो खेलाड़ी बनिन्।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *