टोल ट्याक्स वृद्धि गरेकोले अटो चालकहरूद्वारा नक्सलबारी टोल प्लाजामा विक्षोभ प्रदर्शन

नक्सलबारी : सिटी अटोरिक्साको टोल ट्याक्स वृद्धि गरेकोले नक्सलबारी सातभैया टोल प्लाजामा तृणमूल अटोरिक्सा युनियनका सदस्यहरूले आज विक्षोभ प्रदर्शन गरे। चालकहरूको भनाइ अनुसार टोल ट्याक्स 10 रुपियाँबाट बढाएर 25 रुपियाँ यसपछि 45 रुपियाँ गरेको छ। अन्य टोल प्लाजामा महिनाको 325 रुपियाँ तिरेर वाहनहरूको चलाचल भइरहेको छ। यसैले आज यसको विरोध जनाउँदै तृणमूल अटोरिक्सा युनियनका सदस्यहरूले विक्षोभ प्रदर्शन गरे। अर्कोतिर, टोल प्लाजा इन्चार्जले भने, वाहनहरूमा फास्ट ट्याग लगाउनुपर्ने नेशनल हाईवेबाट निर्देश दिए तापनि फास्ट ट्याग लगाएको छैन। यसभन्दा अघि पनि टोल ट्याक्स वृद्धि गरेकोमा टोल प्लाजा तोड़फोड गरेको तिनले बताए।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *