तूफानगञ्जमा आगलागी हुँदा घर जलेर खरानी

कुचबिहार : कुचबिहारको तूफानगञ्ज बालाभूत ग्राम पञ्चायत अन्तर्गत नयाँचर घोनापाड़ा इलाकामा आगलागी हुँदा एउटा घर जलेर खरानी भएको छ। प्राप्त जानकारी अनुसार तूफानगञ्जको बालाभूत ग्राम पञ्चायत अन्तर्गत उत्तर बालाभूत नयाँचार घोनापाड़ा निवासी कृष्ण घोषको घरमा ग्यास चुल्हामा खाना पकाइरहेको समय अचानक आगो लाग्दा सिलेन्डर विस्फोट भएको बताइएको छ। घटनाबारे दमकल विभागलाई खबर दिएपछि दमकलको एउटा इञ्जिन घटनास्थलम पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। आगलागीमा लाखौँ रुपियाँको नोक्सान भएको थाहा लागेको छ। तथापि, कसैको ज्यानलाई कुनै क्षति नपुर्‍याएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *