तुफानगञ्जमा खनन् कार्य अवधि प्राचीनकालको सामान उद्धार

कुचबिहार: तुफानगञ्जको नाक कटी ग्राम पञ्चायत अन्तर्गत दरजीपारा इलाकामा खनन कार्य अवधि एउटा भाँड़ाभित्र राखिएको प्राचीन कालको धेरैवटा कौडी भेट्टाइएको छ। स्थानीय मानिसहरूले सम्बन्धित विभागीय अधिकारीहरूमार्फत यसको जाँच गरेर यो कति पुरानो समयको हो भन्नेबारेमा स्पष्ट गर्ने माग गरेका छन्। घटनाक्रम अनुसार गत दुई दिन अघि स्थानीय पञ्चायत सदस्य निर्मल बर्मनले अफ्नो घर बनाउनको लागि जमीनको खनन् कार्य गरिरहेको समय उक्त वस्तु भेट्टाइएको बताइएको छ। निर्मल वर्मनले दिएको जानकारी अनुसार घर बनाउनको लागि माटोको खनन कार्य गरिँदा उक्त समान माटोको भाँड़ाभित्र भेट्टाइएको हो। यो कति वर्ष पुरानो हो भन्नेबारे सम्बन्धित विभागले जाँच गरिनु आवश्यक रहेको तिनले जनाएका छन्


Leave a Reply

Your email address will not be published. Required fields are marked *