तोप्देन भोटिया हाम्रो पार्टीमा सामेल

दार्जिलिङ : कालेबुङका तोप्देन भोटिया हाम्रो पार्टीमा सामेल भए। दार्जिलिङको नेहरू रोडस्थित हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवाडर्सको नीजि बासस्थानमा आएर आज तोप्देन भोटियाले हाम्रो पार्टीलाई समर्थन जनाए। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भोटियालाई खदा लगाइ दिएर आफ्नो पार्टीमा स्वागत जनाए। यस अवधि पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटिया,केन्द्रीय प्रवक्ता श्याम गौतम, शारदा राई सुब्बा आदि पनि उपस्थित थिए। तोप्देन भोटियाले विगत गोर्खाल्याण्ड आन्दोलन कालमा कालेबुङ क्षेत्रहरूमा एकजना सक्रिया कार्यकर्ताको रूपमा अहम भूमिका निर्वाह गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *