तोर्षा नदीबाट निखोज युवकको शव उद्धार

जयगाउँ : हाँसीमारा आउटपोस्ट पुलिसले तोर्षा नदीबाट निखोज युवकको शव उद्धार गरेको छ। मृतक युवक हाँसीमाराको गोपीमोहन इलाका निवासी वीरसेन दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार स्थानीय मानिसहरूले गत राति सुभाषिनी इलाका संलग्न तोर्षा नदीमा एकजना युवकको मृतदेह देखेपछि घटनाबारे हाँसीमारा आउट पोस्ट पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि आज पोस्टमार्टमको लागि अलिपुरद्वार अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। स्मरण रहोस्, वीरसेन दास गत 24 मार्चदेखि निखोज थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *