टोटो चालकहरूद्वारा पञ्चायत प्रधानको घर घेराउ

सिलगढी : सिलगढी सहरको मुख्य सडकहरूमा टिन नम्बरविहीन टोटोहरूको चलाचल बन्द गरेकोले आज टोटो चालकहरूले चाँडै टोटो चलाउने अनुमति दिइनुपर्ने माग गर्दै तृणमूल पञ्चायत प्रधानको घर घेराउ गरे। प्राप्त जानकारीअनुसार आज केही टोटो चालकहरूले सिपाहीपाडा फुलबारी 2 ग्राम पञ्चाय प्रधान दिलीप रायको घर घेराउ गरे। यसपछि पञ्चायत प्रधानले टोटो चालकहरूसित कुराकानी गर्नको साथै तिनीहरूको माग सुने। यस अवसरमा टोटो चालकहरूले भने, टोटो चलाएर आफू लगायत परिवारको भरण पोषण गरिरहेका छौँ। हाल टिन नम्बरविहीन टोटोहरू सहरको मुख्य सडक भएर चलाचल गर्न बन्द गरेको साथै गाउँको गोरेटोमा यात्रीहरू नपाउने गरेको बताए।  अर्कोतिर, पञ्चायत प्रधानले चालकहरूको समस्या सुन्नको साथै यसबारे राज्यका पर्यटनमन्त्री गौतम देवलाई अवगत गराउने तिनीहरूलाई आश्वासन दिएको बताए। यसको साथै उक्त समस्याको समाधान गर्नको लागि प्रशासनिक अधिकारीहरूसित पनि भेट गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *