टोटो चालकले सिलगढीमा यात्रीलाई कुटपीट गरेको आरोप

सिलगढी : सिलगढी नगरनिगमअघि आज एकजना यात्रीलाई कुटपीट गरेको टोटो चालकविरुद्ध अभियोग उठेको छ। प्राप्त जानकारी अनुसार नादियाबाट आएका शबिदुर मण्डल नगरनिगम नजिक एउटा टोटोमा सवार भएर टोटोमा धेरै समयसम्म पर्खिरहनु पर्दा तिनले त्यसलाई छोडेर अर्को टोटोमा चढ्दा यसलाई लिएर विवाद शुरू भयो। यसपछि टोटो चालक सौरव दासले शबिदुर मण्डलको टाउको फुटाइदिएको बताइएको छ। घटनाको खबर पाएर सिलगढी पुलिस घटनास्थलमा पुगेर टोटो चालक लगायत अन्य एकजना युवकलाई हिरासतमा लिनको साथै घाइते यात्रीलाई सिलगढी जिल्ला अस्पतालमा उपचारको लागि पठाएको छ। अर्कोतिर, उक्त यात्रीले पहिला आफूलाई कुटपीट गरेको टोटो चालकको भनाइ रहेको छ। तथापि, सौरव दासको टोटोबाट ओर्लेर अर्को टोटोमा चढ्दा उक्त टोटो चालकले शबिदुर मण्डललाई कुटपीट गरेको प्रत्यक्षदर्शी र अन्य यात्रीहरूको भनाइ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *