टोटो चोरी भएको 24 घण्टाको अवधिमा चोर पक्राउ

सिलगढी : टोटो चोरी मामिलामा मतिगढा थाना पुलिसले 24 घण्टाको अवधिमा आरोपीलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति कार्तिक साहाको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत 2 नोभेम्बरको राति मतिगढा  थाना अन्तर्गत तारीजोत इलाकाबाट कोर्मू मालाकारको टोटो चोरी भएपछि तिनले मतिगढा थानामा अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले टोटो चोरी भएको 24 घण्टाको अवधिमा सिलगढीको  परिवहन नगर इलाकाबाट आरोपी कार्तिक साहालाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका आरोपीलाई आज सिलगढी अदालतमा पेश गरेपछि न्यायाधीशले 5 दिनको पुलिस रिमान्डमा राख्ने निर्देश दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.