टोटो चोरी गर्ने गुटका 2 जना पक्राउ

सिलगढी : टोटो चोरी मामिलामा प्रधान नगर थाना पुलिसले 2 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू एक नम्बर वार्ड अन्तर्गत पञ्चानन कोलनी निवासी टिङ्कू बर्मन र गणेश झा सामेल छन्। प्राप्त जानकारी अनुसार प्रधान नगर थाना अन्तर्गत इलाकाबाट लगातार टोटो चोरीको घटना घटिरहेको थियो।  बदमाशहरूले चलाकीको साथमा भिन्ना-भिन्नै ठाउँबाट टोटो चोरी गरेर चम्पट कस्ने गर्दथे। गत 27 मईमा जङ्क्शन नजिकबाट एउटा टोटो चोरी भएपछि घटनाबारे प्रधाननगर थानामा लिखित अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा गत राति पुलिसले अभियान चलाएर टोटो चोरी गर्ने गुटका 2 जना सदस्यलाई पक्राउ गरेको छ। पुलिसले प्राथमिक जाँच अवधि गणेश झा टोटो चोरीको मास्टर माइन्ड रहेको थाहा पाए। पक्रा परेका 2 जना आरोपीलाई आज सिलगढी अदालतमा पेश गरेपछि पुलिस रिमान्डमा पठाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *