टोटोको चपेटमा परेर सिलगढीमा महिलाको मृत्यु

सिलगढी (निसं): टोटोको चपेटमा एकजना महिलाको मृत्यु भएको छ।  सिलगढीको 20 नम्बर वार्डस्थित सुभाषपल्लीको नेताजी सुभाष रोडमा टोटोको चपेटमा परेर चित्रा कुन्डू नामक महिलाको मृत्यु भएको छ।  घटनाक्रम अनुसार गत 14 फरवरीको दिन महिला घरबाट निस्किएर बाटोमा गइरहेको समय टोटोले पछिल्तिरबाट धक्का दिँदा तिनी भुइँमा लडिन् अनि टोटोले तिनको शरीरलाई किच्याएको बताइएको छ। यसपछि महिला गम्भीर रूपमा घाइते भइन्। यसपछि तिनलाई गम्भीर अवस्थामा उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पुऱ्याएपछि तिनको चिक्त्सा चलिरहेको थियो। गत राति उक्त महिलाको मृत्यु भएको छ। आज बुधवार पोस्टमार्टम गरेपछि महिलाको शवलाई तिनको घर सुभाषपल्ली लगियो। अर्कोतिर, अभियोगको आधारमा टोटो चालकलाई पक्राउ गरेको छ।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *