टोटोपाड़ामा 240 परिवारलाई राहत सामग्रीहरू वितरण

मदारीहाट (निसं) : डुवर्सको मदारीहाटदेखि 24 किलोमीटर टाड़ामा रहेको टोटोपाड़ामा 240 परिवारलाई राहत सामग्रीहरू वितरण गरियो। उक्त राहत सामग्रीहरू वितरण कार्य सिलगढीको रियल रेस्टोरेशन मिनिस्ट्रीको आयोजनामा सम्पन्न गरिएको थियो भने स्थानीय टोटोपाड़ाका पास्टर सन्देश टोटोको विशेष सहयोग रहेको थियो। यस राहत वितरण कार्यमा टोटोपाड़ाका टोटो समुदाय र नेपाली समुदायका मानिसहरू गरेर मोठ 240 परिवारहरूलाई सामग्रीहरू वितरण गरिएको छ, जसमा प्रत्येक परिवारलाई 25 केजीको चामल वितरण गरिएको जानकारी प्राप्त भएको छ।


उक्त राहत वितरण कार्यमा रियल रेस्टोरेशन मिनिस्ट्री सिलगढीको पक्षमा मोजेस सन्यासी र वीरपाड़ाबाट फादर दिपक प्रधान उपस्थित थिए। उक्त राहत वितरण कार्यमा आर्थिक सहयोग प्रदान गर्ने वेदीको प्रार्थना संगती र दिलमाया तामाङप्रति रियल रेस्टोरेशन मिनिस्ट्री सिलगढीको पक्षमा मोजेस सन्यासीले आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *