टावर लगाइदिने प्रलोभन देखाएर लाखौं रूपियाँ ठग्ने कुन्दन महतो आसनसोलबाट पक्राउ

सिलगढी: सिलगढी मेट्रोपलिटनको साइबर क्राइम विभागले टावर लगाउने नाममा मानिसहरूबाट लाखौ रूपियाँ ठग्दै आइरहेको आरोपमा आसनसोलबाट कुन्दन महतो नाम गरेका एकजना व्याक्तिलाई पक्राउ गरेको छ। आज तिनलाई सिलगढी ल्याइ पुऱ्याएपछि सिलगढी अदालतमा पेश गरियो। प्राप्त जानकारी अनुसार घरको छत, खाली जमीन, खेतबारी आदिमा टावर लगाइदिने प्रलोभन देखाएर लाखौं रुपियाँ ठगेको पक्रा पर्ने महतो विरूद्ध अभियोग रहेको छ। सिलगढी मतिगढाको एकजना महिलाले गत केही दिन अघि घरको छतमा टावर लगाइदिने प्रलोभन देखाएर 2 लाख रूपियाँ ठगेकोबारे साइबर थानामा अभियोग दर्ता गरेका थिए। यसपछि साइबर क्राइम विभागको एउटा टोलीले मामिलाको छानबिन शुरू गरेपछि अन्तमा केही समय पछि ठग गिरोहका एकजना सदस्य कुन्दन महतोलाई आसनसोलबाट पक्राउ गरेको बताइएको छ। तिनीहरूको गिरोहले हालसम्म लगभग 10 लाख रूपियाँ विभिन्न मानिसहरूबाट ठगेको आरोप रहेको छ। कुन्दन महतोलाई पक्राउ गर्न सफल भएपछि अब तिनका दलका अन्य सदस्यहरूलाई पनि चाँडै पक्राउ गरिने सम्भावना रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *