टोय ट्रेनमार्फत दार्जिलिङ गइरहेका छन् देशी-विदेशी पर्यटकहरू

सिलगढ़ी: विश्वभरिमैं हाल कोरोना भाइरसको आतङ्क रहे तापनि टोय ट्रेनमार्फत दार्जिलिङ घुम्न जाने देशी-विदेशी पर्यटकहरूको भीड़ अझसम्म जारी रहेको देखिन्छ। सिलगढ़ी जंक्शन स्टेशनमा आज बुधवार यस्तै दृश्यहरू देखियो। टोय ट्रेनमा सवार भएर जर्मनीका एकजना युवक र एकजना युवतीको साथमा बिहार अनि तमिलनाडुका पर्यटकहरू भीड़को साथ दार्जिलिङ गइरहेका थिए। यस अवधि दार्जिलिङ गइरहेका अधिकांश पर्यटकहरूले आ-आफ्नो मुखमा मास्क लगाएको देखियो। यस सम्बन्धमा दार्जिलिंग हिमालयन रेलवे अधिकारीहरूले बताए अनुसार टोय ट्रेनमा कीटनाशक दवाई स्प्रे गरिएको छ। यसको साथै कर्मचारीहरूलाई मास्क दिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *