ट्र्याक्टर र बाइक ठोक्किँदा एकजना घाइते

नक्सलबारी : नक्सलबारी थाना अन्तर्गत किलाराम जोतमा आज बिहान ट्र्याक्टर र एउटा बाइक आपस्तमा ठोक्किँदा बाइक चालक घाइते भएका छन्। प्राप्त जानकारी अनुसार किलाराम जोतमा आज बिहान एउटा ट्र्याक्टर र बाइकमा आपस्तमा ठोक्किँदा बाइक चालक घाइते भएका छन् भने ट्र्याक्टर चालकले ट्र्याक्टर लिएर घटनास्थलबाट सुइँकुच्चा ठोके। घटनापछि स्थानीय मानिसहरूले ट्र्याक्टरलाई रोक्नको लागि केही समयको लागि सडक जाम गरेको को बताइएको छ। घाइते बाइक चालकलाई उद्धार गरेर उपचारको लागि नक्सलबारी ग्रामीण अस्पतालमा लगियो। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *