सिलगढी : डुवर्स ह्युमेन केयर सोसाइटी तथा जलपाईमोड ट्राफिक गार्डको संयुक्त पहलमा आज जलपाईमोडमा निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। विशेष गरेर डायबेटिस दिवस तथा शिशु दिवसको उपलक्ष्यमा निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको चिकित्सकहरूले बताए।
यस अवसरमा केही विद्यार्थीहरूलाई शिक्षा सामग्री पनि प्रदान गरियो। उक्त शिविरमा ट्राफिक डीसीपी अभिषेक गुप्ता लगायत अन्य उपस्थित थिए।