ट्राफिक नियमबारे सचेतनतामूलक कार्यक्रमको आयोजना

सिलगढी : सिलगढीको कावाखाली ट्राफिक पुलिसको तर्फबाट सिलगढी सूर्यसेन कलेजका एनएसएस युनिटका विद्यार्थीहरूलाई साथमा लिएर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको गेट अघि ट्राफिक नियमबारे एउटा सचेतनतामूलक कार्यक्रमको आयोजना गर्यो। उक्त कार्यक्रम अन्तर्गत आज हेलमेटविहीन बाइक आरोही साथै ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई जरिमाना लगाइयो। यसको साथै तिनीहरूलाई ट्राफिक नियमबारे सचेतन पनि गराइयो। विद्यार्थीहरूले सबैलाई ट्राफिक नियम पालन गरेर वाहन चलाउने अनुरोध गर्दै हेलमेट विहीन बाइक चलाउनेहरूलाई गुलाबको फुल पनि प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *