ट्राफिक नियम पालन नगर्नेहरूलाई गुलाबको फूल प्रदान

राजगञ्ज : राजगञ्जमा आज राष्ट्रिय पथ सुरक्षा सप्ताह पालन गरियो। राजगञ्ज थानाको अधीनमा पर्ने बेलाकोवा थानाको परिचालनमा ट्राफिक नियमको पर्वाह नगरी हेलमेट नलगाइ बाइक चलाउने तथा पछि बस्नेहरूलाई गुलाबको फुल र चकलेट प्रदान गर्नको साथै हेलमेट लगाइदिएर पथ सुरक्षा सप्ताह पालन गऱ्यो। यसबाहेक विद्यार्थीहरूलाई लिएर पथ सुरक्षाबारे जागरूक गराउँदै एउटा पदयात्राको पनि आयोजना गरियो। यसको साथै राजगञ्ज ब्लकको विभिन्न पत्रकारहरूलाई पनि सम्वर्द्धना जनाइयो। यस अवसरमा जलपाईगढी जिल्ला डीएसपी (हेडक्वार्टर) प्रदीप सरकार, सीआई दीपोज्वल भौमिक, राजगञ्ज थानाका ओसी केसाङ लामा, बेलाकोवा थाना ओसी सुब्रत साह मुख्य रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *