ट्राफिक पुलिसद्वारा मिरिकमा ‘सेफ ड्राइभ सेभ लाइफ’ नाराको साथमा निकाल्यो सचेतना ऱ्याली

मिरिक: मिरिक ट्राफिक पुलिसले आज सेफ ड्राइभ सेभ लाइफनाराको साथमा मिरिकमा एउटा सचेतना ऱ्याली निकाल्नको साथै ट्राफिक नियमबारे चालकहरूलाई सचेतना कार्यक्रमको आयोजना गऱ्यो। मिरिक पुलिस ट्राफिक प्रभारी निरण थापाको नेतृत्वमा गरिएको उक्त कार्यक्रममा पुलिस कर्मीहरू, सिभिक भोलेन्टियर लगायत मिरिक लोकल ट्याक्सी ड्राइभर वेलफेयर एसोसिएशनका पदाधिकारीहरू उपस्थित थिए। ऱ्यालीमा सहभागिता जनाउनेहरूले हातमा सेफ ड्राइभ सेभ लाइफ लेखेका प्ला कार्डहरू बोकेर मिरिक बजार अनि कृष्णनगरको परिक्रमा गरे।


 

आज कार्यक्रम अवधि मिरिकमा आवत-जावत गर्ने दुई चक्के अनि चार चक्के वाहनहरूमा सेफ ड्राइभ सेभ लाइफलेखिएको स्टीकरहरू पनि टाँसिदिए। यस अवसमा मिरिक पुलिस ट्राफिक प्रभारी निरण थापाले वाहन दुर्घटनालाई रोक्न पुलिसले साप्ताहिक रूपमा सेफ ड्राइभ सेभ लाइफनाराको साथमा सचेतना कार्यक्रम गरिरहेको फलस्वरूप आज पनि सचेतना कार्यक्रम गरिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *