ट्राफिक पुलिसलाई मास्क अनि सेनिटाइजर वितरण

सिलगढ़ी:  कोरोना भाइरसको बढ़दो आतङ्कलाई ध्यानमा राखेर मानिसहरूको सुरक्षाको निम्ति विभिन्न सङ्घ- संस्थानहरूले मास्क वितरण गरिरहेका छन्। यसैलाई ध्यानमा राखेर आज सिलगढीको डाबग्राम-फूलबाड़ी ब्लक तृणमूल युवा कांग्रेसको तर्फबाट ट्राफिक पुलिसहरूलाई मास्क अनि सेनिटाइजर वितरण गरियो। सङ्गठनको तर्फबाट बताए अनुसार स्वास्थ्य कर्मीहरूसितै पुलिस कर्मीहरू पनि दिन-रात साधरण मानिसहरूको सहयोग तथा सेवामा लागी परेका देखिन्छन्। यसैले तिनीहरूको सुरक्षालाई ध्यानमा राखेर उक्त पहल गरिएको हो। यस अवधि आज ट्राफिक पुलिसहरू लगायत अन्य मानिसहरूलाई पनि  मास्क वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *