ट्राफिकिङ गरिएको लगभग 3 सयजना उद्धार: पुलिस कमिश्नर गौरव शर्मा

सिलगढी : हाल ट्राफिकिङ एउटा ठुलो समस्या बन्दै गइरहेको छ भने तस्करी लगातार बढ्दै गइरहेको छ। हाल युवतीहरूको तस्करीसँगै युवकहरूको तस्करी गरिरहेकोले यसबाट बाँच्न एउटा चुनौती बनेको छ। आज विश्व मानव तस्करी विरोधी दिवसको अवसरमा आयोजित एउटा कार्यकमलाई सम्बोधन गर्दै सिलगढीका पुलिस कमिश्नर गौरव शर्माले भने, ट्राफिकिङ रोक्नको लागि सिलगढी साइबर सेल, डीडी र थानाको पुलिसले लगातार काम गरिरहेको छ। जीरो टोलरेन्समा विशेष ध्यान दिइरहेकोले सिलगढी मेट्रोपोलिटन पुलिसले हालसम्म ट्राफिकिङ गरिएको लगभग 3 सयजनालाई मुक्त गराउन सफल बनेको छ। वर्तमान समयमा तस्करीको व्यवसायमा एउटा नयाँ मामिला अघि आएको छ। हाल युवतीहरू मात्र नभएर युवकहरूलाई पनि नोकरी लगाइदिने बहानामा बाहिर लगेर तिनीहरूलाई विभिन्न प्रकारले प्रताड़ित गरिरहेको छ। मानव तस्करी जस्तो विषयमा मानिसहरूलाई अझ जागरूक हुन आवश्यक रहेकोले पुलिसको तर्फबाट जागरूकता अभियान चलाइरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *