ट्राफिक जागरूकता कार्यक्रम साथै कम्बल वितरण

सिलगढ़ी : जलपाइगढ़ी ट्राफिक गार्ड अनि डुवर्स ह्यूमन केयर सोसाइटीको संयुक्त पहलमा साधरण मानिसहरूलाई ट्राफिक नियम प्रति जागरूकता ल्याउनको लागि एउटा कार्यक्रमको आयोजना गरियो। यस कार्यक्रम अन्तर्गत आयोजक कार्यकर्ताहरूद्वारा विकलाङ्ग मानिसहरूलाई ट्राई साइकल अनि 100 जना गरिब तथा आवश्यकमन्दहरूलाई कम्बल वितरण गरियो। आजको कार्यक्रममा मुख्य अतिथिका रूपमा ट्राफिक डीसीपी डम्बर सिंह सुनार, खालपाड़ा आउटपोस्ट ओसी, सन्दीप दत्ता, डुवर्स ह्यूमन केयर सोसाइटीका अध्यक्ष बब्लू तालुकदारसहित अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *