ट्राफिकमा सिभिक भोलेन्टियरहरूले रुपियाँ लिइरहेको एकजना व्यक्तिले मेयर के बोलो कार्यक्रम मार्फत् गरे अभियोग

सिलगढी : बाइक, वाहनमा सवार भएर गइरहेको समय सडकमा रोकेर बाइकको चाबी खोलेर लैजाने गरेको केही सिभिक भोलेन्टियरविरुद्ध अभियोग उठेको छ। यसको साथै कहिले काहीँ साधारण मानिसहरूसित दुर्व्यवहार समेत गरेको सिभिक भोलेन्टियरविरुद्ध अभियोग उठेको छ। यसै अभियोगलाई लिएर एकजना सहरवासीले मेयर के बोलो कार्यक्रममा फोन मार्फत् मेयरलाई अभियोग गरेपछि तिनले यस सम्बन्धमा विचार गर्ने आश्वासन दिएका छन्। समय-समयमा सिलगढी मात्र नभएर राज्यको विभिन्न ठाउँका केही सिभिक भोलेन्टियर विरुद्ध यस प्रकारको अभियोग उठेको छ। सिलगढी नगरनिगममा मेयर के बोलो कार्यक्रम मार्फत् एकजना व्यक्तिले आज फोन गरेर ट्राफिकमा सिभिक भोलेन्टियरहरूले रुपियाँ लिइरहेको आरोप लगाए। यसपछि मेयरले यस विषयमा ध्यान दिने आश्वासन दिएका छन्। तिनले यस विषयमा पुलिसकर्मीहरूसित कुराकानी गर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *