ट्राफिक पुलिसद्वारा चालकहरूलाई हेलमेट वितरण

सिलगढी : ट्राफिक पुलिसको तर्फबाट सेफ ड्राइभ सेभ लाइफ प्रचार गर्ने उद्देश्य लिएर बाइक चालकहरूलाई आज हेलमेट वितरण गरियो। सिलगढीको सेभोक रोडमा हेलमेटविहीन चालकहरूलाई हेलमेट लगाई दिँदै ट्राफिक नियमअनुसार वाहन चलाउने आग्रह गरियो। आज लगभग 20 वटा हेलमेट वितरण गरियो। यस अवसरमा ट्राफिक डीसीपी डम्बर सिंह सोनारलगायत अन्य ट्राफिक पुलिस अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *