ट्राफिक पुलिसद्वारा फाँसीदेवामा जागरूकता रेली

फाँसीदेवा: सेफ ड्राइभस सेभ लाइफ-को अभियान अन्तर्गत आज घोषपुकुर ट्राफिक पुलिसले फाँसीदेवामा एउटा जागरूकता रेलीको आयोजना गऱ्यो। उक्त रेली फाँसीदेवा उच्चतर माध्यमिक विद्यालयदेखि शुरू भएर विभिन्न इलाकाको परिक्रमा गऱ्यो। उक्त रेलीमा स्कुलका विद्यार्थीहरू पनि सामेल थिए। यस अवसरमा फाँसीदेवा थानाका एसआई विश्वनाथ सरकार, घोषपुकुर ट्राफिक ओसी मिलन गुरूङ लगायत अन्य पुलिस अधिकारीहरू पनि सामेल थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *