ट्राफिक सुरक्षा सप्ताह विविध कार्यक्रमको साथमा समापन

सिलगढी : सिलगढी मेट्रोपोलिटनको ट्राफिक पुलिसको आयोजनामा गत 11 जनवरीदेखि शुरू गरेको ट्राफिक सुरक्षा सप्ताह अवधि विविध कार्यक्रमहरू गरियो। यसै अन्तर्गत आज अन्तिम दिन यहाँको भक्तिनगर ट्राफिक गार्डको तर्फबाट नि:शुल्क स्वाथ्य जाँच शिविरको आयोजना गरियो। यस नि:शुल्क स्वास्थ्य जाँच शिविरमा आँखाको जाँच, ईसीजी, ब्लड सुगरलगायत अन्य सुविधाहरू उपलब्ध गराइएको थियो। उक्त शिविरमा बस चालक,रिक्सा चालक,प्राइवेट कार चालकलगायत लगभग 150 जना मानिसहरूले आफ्नो स्वास्थ्य जाँच गराए। यस अवसरमा आवश्यकमन्द 31 जनालाई निशुल्क चश्मा अनि दवाई प्रदान गरियो। भक्ति नगर ट्राफिक विभागका अधिकारीले बताए अनुसार ट्राफिक सुरक्षा सप्ताहको अन्तिम दिन आज धेरैजना मानिसहरूले नि:शुल्क स्वास्थ्य जाँच गराए। यस स्वास्थ्य जाँच शिविरको आयोजना गर्नुको मुख्य उद्देश्य मानिसहरूलाई ट्राफिक नियमबारे जागरूकता ल्याउनको साथै सड़क दुर्घटनाहरूमा कमी ल्याउनु हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *