ट्रेनबाट 50 वटा आइफोन सहित 1 जना पक्राउ

सिलगढी (निसं)। सिक्किम महानन्दा एक्सप्रेसबाट जीआरपीले 50 वटा आइफोन  सहित एकजना व्यक्तिलाई पक्राउ गरेर आज सिलगढी अदालतमा पेश गरेपछि 8 दिनको पुलिस रिमान्डमा राख्ने निर्देश दिएको छ। पक्रा परेका व्यक्तिको नाम रञ्जीत सिंह बताइएको छ। तिनी जयगाउँ निवासी हुन्। प्राप्त जानकारी अनुसार आज जङ्क्शन रेलवे स्टेशनमा सिक्किम महानन्दा एक्सप्रेसमा सुरक्षालाई केन्द्र गरेर छानबीन अभियान चलाइयो। यस अवधि ट्रेनको एसी कोचमा बसेका रञ्जीत सिंहको ब्यागबाट 50 पीस आइफोन उद्धार गरेको छ। उक्त फोनको कागजपत्र देखाउन नसकेपछि जङ्क्शन टाउन जीआरपीले रञ्जीत सिंहलाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *