ट्रेनको चपेटमा परेर अज्ञात व्यक्तिको मृत्यु

सिलगढी : ट्रेनको चपेटमा परेर एकजना अज्ञात व्यक्तिको मृत्यु भएको छ।  उक्त दुर्घटना सिलगढीको सिटी सेन्टर नजिक चामटा रेलवे लाइनमा घटेको हो। तथापि, खबर लेखुञ्जेलसम्म मृतकको व्यक्तिको परिचय जुटाउन सकेको छैन। प्राप्त जानकारी अनुसार आज साँझ स्थानीय मानिसहरूले रेलवे लाइनमा अज्ञात व्यक्तिको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर मतिगढा पुलिस एवम् जङ्क्शन जीआरपी घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *