ट्रेनको चपेटमा परेर व्यक्तिको मृत्यु

खोरीबारी : सिलगढी-अलुआबारी रेलखण्डको खोरीबारी दुधगेट-दुलालजोतमा हिजो राति ट्रेनको चपेटमा परेर एकजना व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्ति 35 वर्षीय शिवचरण सिंहको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार हिजो रात उक्त व्यक्तिले रेलवे लाइन पार गरिरहेको समय ट्रेनको चपेटमा परेर घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर रेलवे पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज तथा अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *