ट्रेनको चपेटमा परेर 60 वर्षीय वृद्धाको मृत्यु

अलिपुरद्वार (निसं) : बामनहाट गइरहेको प्यासेञ्जर ट्रेनको चपेटमा परेर आज बिहान एकजना वृद्धाको मृत्यु भएको छ। उक्त घटना अलिपुरद्वारको वार्ड नम्बर 13 को इटखोला इलाकामा भएको हो। घटनाक्रम अनुसार लुगा लिनको लागि रेलवे लाइन पार गरिरहेको समयमा ट्रेनको चपेटमा परेर तिनको मृत्यु भएको बताइएको छ। ट्रेनले किच्याएर वृद्धाको शव दुई टुक्रा पारिदिएको थियो। स्थानीय मानिसहरूले बताए अनुसार मृतक वृद्धा ललिया पासवान (60) रेलवे लाइन नजिक वार्ड नम्बर 13 को गुमटीमा बस्थिन्। तिनको मृत्युपछि इलाकामा शोकको लहर छाएको छ। अर्कोतिर, रेलवे पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेपछि पोस्टमर्टमको लागि पटाइ दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *