ट्रेनको चपेटमा परेर वृद्धको मृत्यु

सिलगढी (निसं): सिलगढी मेट्रोपोलिटन पुलिस कमिश्नरेट अन्तर्गत पञ्चनई ब्रिज संलग्न इलाकामा ट्रेनको चपेटमा परेर एकजना वृद्धको मृत्यु भएको छ। मृतक वृद्धको नाम सुशील सरकार बताइएको छ। तिनी प्रमोदनगर इलाकामा आफ्नी स्वास्नीसित एउटा घरको देखरेख गर्ने गर्थे। सदा झैँ आज साँझ तिनी दोकानमा चिया पिउन गएका थिए भने चिया पिएर घर फर्किने क्रममा रेलवे लाइन पार गरिरहेको समय क्यापिटल एक्सप्रेसको चपेटमा परेर तिनको मृत्यु भएको बताइएको छ। उक्त घटनापछि इलाकामा सनसनी मच्चियो। घटनाको खबर पाएर जीआरपी तथा आरपीएफको टीम घटनास्थलम पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच सुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *