ट्रेनको धक्काले पुलिसको वाहन क्षतिग्रस्त, एकजना घाइते

मालबजार : मालबजारको तेशीमिला क्षेत्रको प्रधान मोडमा आज अपरान्ह ट्रेनको धक्काले पुलिसको वाहन क्षतिग्रस्त भएको छ भने घटनामा एकजना पुलिसकर्मीको खुट्टामा चोट समेत लागेको छ। घटनापछि आक्रोशित स्थानीय मानिसहरूले ट्रेनलाई रोकेर विक्षोभ देखाएपछि उत्तेजनाको माहौल देखापर्यो।  प्राप्त जानकारीअनुसार आज अपरान्ह पुलिसको वाहन रेलवे लेभल क्रसिङ पार गरिरहेको समय न्यु मालदेखि च्याङ्गराबन्दागामी एउटा ट्रेनले धक्का दिँदा पुलिसको वाहन क्षतिग्रस्त हुनको साथै एकजना पुलिसकर्मी घाइते भएका छन्। वाहनमा सवार पुलिस कर्मीहरू सबैजना भाग्यले बाँचे भने ट्रेनको धक्का लागेर पुलिसको वाहन घटनास्थलदेखि लगभग 50 मिटर टाढा पुर्‍याइदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *