ट्रेनको धक्का लागेर वृद्धाको मृत्यु

कालचिनी : ट्रेनको धक्का लागेर एकजना वृद्धाको मृत्यु भएको छ। उक्त घटना आज बिहान कालचिनी ब्लकको हाँसीमारा इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार आज बिहान साँताली चियाकमान निवासी लालो लाकडा गाई चराउनको लागि निस्केकी थिइन्। हाँसीमारा एमईएस चौपथी इलाकामा अलिपुरद्वारबाट आइरहेको सिलगढीगामी इन्टरसिटी ट्रेनको धक्का लाग्दा तिनी गम्भीर रूपमा घाइते भइन्। यसपछि स्थानीय मानिसहरूको सहयोगमा तत्कालै वृद्धालाई उद्धार गरेर लताबारी ग्रामीण अस्पतालमा लगे तापनि चिकित्सकहरूले तिनलाई मृत घोषणा गरिदिए। कालचिनी थाना पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *